विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजको सम्मान

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २१ गते
विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजको सम्मान
AdvertisementAds

सन् २०२४ को विश्वकप क्रिकेटका लागि छनोटमा पारेका विद्यार्थीहरुलाई फिनिक्स कलेजले बिहिबार एक समारोहका बीच सम्मान र शुभकामना प्रदान गरेको छ। फिनिक्स कलेजमा बिबिए अध्यनरत कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सन्दिप जोरा र प्रतिश जिशी विश्वकपमा नेपालको राष्ट्रिय टिमबाट खेल्नेछन्।

सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै कलेजका कार्यकारी अध्यक्ष भरत गिरीले प्रतिभाशाली विद्यार्थीहरूले विश्वमञ्चमा आफ्नो सीप प्रदर्शन गरेको देख्न पाउनुले समग्र कलेज परिवार गौरवान्वित भएको बताए। उनले खेलाडीहरूलाई साहसका साथ खेल भावनालाई कायम राख्दै उत्कृष्ट प्रदर्शन गरी समग्र राष्ट्रलाई गौरवान्वित गर्न सुभकामना दिए।
अध्यक्ष गिरीले कलेजले विद्यार्थीहरुलाई पढाई सँगै खेलकुदका क्रियाकलापमा पनि अग्रसर गर्नुपर्ने बताउँदै उनले कलेजले योग्य विद्यार्थीहरुलाई खेल छात्रवृत्ती प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स