instainsta

विदेशी लगानीकर्तालाई स्वागत गर्दै लुम्बिनी: मुख्यमन्त्री भन्छन्, “ढुक्क भएर लगानी गर्नुस्”

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ९ गते
विदेशी लगानीकर्तालाई स्वागत गर्दै लुम्बिनी: मुख्यमन्त्री भन्छन्, “ढुक्क भएर लगानी गर्नुस्”
AdvertisementAds

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकासका लागि सरकारले लगानीको वातावरण सिर्जना गर्ने बताएका छन् । उनले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको मुख्य आधार कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्र रहेको बताए।

एनआरएन एनसिसी अमेरिकाले आज आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको विदेशी दातृ निकायहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । “सरकारले लगानीको वातावरण बनाउँछ । यहाँहरुले ढुक्क भएर कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकासका लागि लगानी गर्न सक्नुहुन्छ”, उनले भने, “लुम्बिनी सर्किटसँगै यहाँको हिमाल, पहाड, तराईसँगै बर्दिया राष्ट्रिय निकुञ्जले पर्यटकहरुलाइ आकर्षित गर्दछ ।”

मुख्यमन्त्री आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको वातावरण बनाउन सङ्घीय सरकारसँग पहल गरिएको र त्यसको नतिजा केही दिनभित्र प्राप्त हुने बताए । उनले विदेशबाट आउने पर्यटकलाई लुम्बिनीमा मात्रै सीमित नगरी प्रदेशका अन्य पर्यटकीय क्षेत्रहरुमा पुर्याउन सकिनेगरी प्रदेश सरकारले ध्यान दिने जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स