लाभांशसहित नेपाल ल्यूब आयलले बोलायो साधारण सभा, एफपीओ पनि जारी गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २७ गते
लाभांशसहित नेपाल ल्यूब आयलले बोलायो साधारण सभा, एफपीओ पनि जारी गर्ने

नेपाल ल्यूब आयल लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी भदौ २६ गते बसेको  सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश पारित गर्ने  कम्पनीले आफ्नो २३ औँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। सभा असोज १८ गते ललितपुरको पुल्चोकस्थित याक प्यालेस बिहान साढे ११ बजेबाट सुरु हुनेछ।
सभामा कम्पनीले लाभांश सहित प्रिमियम मूल्यमा थप सर्वाजनिक निष्कासन (एफपीओ)को विशेष प्रस्ताव पनि पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ र  आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार असोज २ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स