राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो एक वर्षमा ५ करोड ६४ लाख ८१ हजार ७२३ रुपैयाँ खर्च गरेको छ। मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा प्रस्तुत गरिएको आय–व्यय विवरण अनुसार पार्टीले ५ करोड ६४ लाख ८१ हजार ७२३ रुपैयाँ खर्च गरेको हो।
आर्थिक वर्ष २०८०/०८१ मा रास्वपाले ३ करोड ४२ लाख ३९ हजार रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेको देखिएको छ। यसैगरी, पुँजीगत खर्चतर्फ २ करोड ७५ लाख रुपैयाँ र निर्वाचन खर्चका लागि १४ लाख ९० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
खर्च विवरणमा चिया तथा खाजामा मात्रै झन्डै १७ लाख खर्च गरिएको छ। प्रतिवेदनमा चिया र खाजातर्फ १६ लाख ७८ हजार ३९६ रुपैयाँ खर्च भएको छ ।साथै, पुँजीगत खर्च १ करोड ५४ लाख ८२ हजार ५५०, निर्वाचनमा १५ लाख ७७ हजार ७८४ र प्रशिक्षणमा ३७ लाख ९ हजार ७६४ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। यस अवधिमा पार्टीले आम्दानी भने जम्मा ३ करोड ४० लाख रुपैयाँमात्र गरेको उल्लेख छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया