बजारको चिरफारको कार्यक्रम ‘चिरफार बहस’ को आठौँ एपिसोडमा नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतसंग वर्तमान राजनीतिक समीकरण, सरकार तथा सेयर बजारका बारेमा कुराकानी गरेका छौं।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट संख्यामा थोरै भएतापनि कहिले कांग्रेस त कहिले एमालेलाई उपयोग गर्दै सत्तामा जाने र दुई ठूला पार्टीहरुलाई आफ्नो ईशारामा नचाउँछु भन्ने गलत नियत राखेकैले गर्दा दुई ठूला पार्टीहरु एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताउँदै यो सत्ता समीकरण २०८४ को आम निर्वाचन सम्मै जाने महतले दावी गरेका छन्। उनले भविष्यमा कांग्रेस र एमाले मिलेरै जाने पनि बताएका छन् । उनि भन्छन्, “नेपाली कांग्रेस संग धोका दिने क्यारेक्टर छैन र केपी शर्मा ओलीले पनि २०७४ सालको सरकार गिरेपछि त्यहाँ बाट धेरै पाठ सिकिसकेका छन् त्यसैले यो सरकार लामो समय सम्म जान्छ।”
सेयर बजारसँग सम्बन्धित प्रश्नमा महतले आफू र नेपाली कांग्रेस पार्टी दुबैले बजारको वृद्धिलाई स्वागत गरिरहेको जनाएका छन्। केही समय अघि उनले संसदमा सेयर बजारको वृद्धि अस्वाभाविक भएको टिप्पणी गर्दै लगानी गर्दा ध्यान दिन सल्लाह दिएका थिए, जसले गर्दा उनी विवादमा मुछिएका थिए। अर्को एक प्रसङ्गमा आफू अर्थमन्त्री हुँदा सेयर बजारको सुधारका लागि काम गर्न खोजे तापनि राष्ट्र बैंकको असहयोगका कारण गर्न नसकेको स्वीकार गरेका छन्। ‘अहिले पनि भएको के हो र त्यहि सेयर कर्जाको संस्थागत तर्फको २० करोडको सीमा खारेजीले यत्तिको उत्साह ल्याएको हो, त्यतिबेला पनि मैले यो हटाउँ भनेको थिएँ तर अहिले गर्नु उपयुक्त हुँदैन भन्ने जवाफ राष्ट्र बैंकबाट आयो’ महतले थप स्पष्ट पारे।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया