राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औं बैठक मुलुकको समग्र आर्थिक स्थिति, आयोजना प्रगति, समस्याहरू र समाधानका उपायबारे छलफल गर्न सिंहदरबारमा सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा चलिरहेको बैठकमा १५ वटा कार्यसूची राखिएका छन्। यीमा शासकीय सुधार, वन क्षेत्रको उपयोग, आयोजनाका बैंक, सार्वजनिक खरिद प्रक्रियामा सुधार, बालसुधार गृह सञ्चालन, सरकारी भवन निर्माण, शिक्षा र विपद्पछिको पुनर्निर्माण जस्ता विषय समावेश छन्।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले आर्थिक स्थिति, सरकारको वित्तीय परिचालन र प्रदेशहरूको आर्थिक प्रगतिको बारेमा जानकारी दिएका छन्। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मन्त्रीगण, प्रदेशका मुख्यमन्त्री, प्रमुख सल्लाहकार र अन्य उच्च अधिकारीहरूको सहभागिता छ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया