सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रुपन्देही ल्याइएका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग आज तेस्रो दिन बयान लिइएको छ। मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई मंगलबार र बुधबार पनि बयान लिइएको थियो। बुधबार करिब १० घण्टासम्म बयान लिइए पनि समय अपुग भएपछि बिहीबार पनि अनुसन्धान जारी राखिएको हो।
लामिछानेसँग सहकारी ठगी र संगठित अपराधसम्बन्धी प्रश्नहरू सोधिएका छन्। प्रहरी स्रोतका अनुसार आजको बयान सकिएपछि उनलाई कास्की पठाउने योजना बनाइएको छ। यसअघि, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि उनलाई कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया