रवि लामिछानेलाई आज कास्कीबाट काठमाडौँ ल्याइँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ११ गते
रवि लामिछानेलाई आज कास्कीबाट काठमाडौँ ल्याइँदै
AdvertisementAds

सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार कास्कीबाट काठमाडौँ ल्याइँदैछ। उनलाई स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको निक्षेप अपचलनसम्बन्धी अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो।

यसअघि सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा रूपन्देहीमा पनि अनुसन्धान गरिएका लामिछानेमाथि पाँच पटक म्याद थप भइसकेको छ। पछिल्लो पटक चितवनको सहारा सहकारीको निक्षेप दुरूपयोगमा समेत उनको नाम मुछिएको छ।

हिरासतमा रहेका लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै आफ्नो भूमिकालाई गलत रूपमा प्रस्तुत गरिएको गुनासो गरेका छन्। उनले सहकारीबाट पैसा ल्याउने कार्यमा संलग्नता नभएको र कम्पनीका तर्फबाट भुक्तानीका चेकहरूमा हस्ताक्षर मात्रै गरेको स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स