मुद्दति निक्षेपमा साढे ६८ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ७ गते
मुद्दति निक्षेपमा साढे ६८ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले ६८ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको ६८ करोड ५० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ५४ करोड ८० लाख , राष्ट्रियस्तरका विकास बैंकहरुमा १० करोड २७ लाख ५० हजार तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ३ करोड ४२ लाख ५० हजार रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ । राष्ट्र बैंकले आगामी मंसिर १६ गते देखि लागू हुनेगरी २०८२  मंसिर १५ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित मंसिर १०  गते साँझ ७ बजेसम्म प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।
बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्युनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको, अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी भएको लगायतका शर्तहरु तोकिएको छ ।

 

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स