मन्त्रिपरिषद्को बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमण बारे छलफल हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ६ गते
मन्त्रिपरिषद्को बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमण बारे छलफल हुने

आज (बिहीबार) अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका तयारीबारे छलफल हुने बताइएको छ। बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण, स्थानीय तहको उपनिर्वाचन विषयमा पनि छलफल हुनेछ।

यसअघि मंगलबार बोलाइएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको थियो। त्यसदिन प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए।

मंगलबार बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा, कांग्रेस महामन्त्री गगन थापा, तथा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी भएका थिए। छलफलमा उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण, र समसामयिक राजनीतिक विषयमा विस्तृत रूपमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स