मंगलबार १४५.०५ अंकले घटेको सेयरबजार आज बुधबार पुनः लय समातेको छ। दिनभरको कारोबारमा सेयरबजार परिसूचक नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ अंकको बिन्दुमा पुगेको छ।
नेप्से १०८ अंकले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज सेयरबजार १०८.३५ अंकले बढ्दा १० वटा कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २३९ कम्पनीहरुको सेयरमूल्य बढेको छ। सर्किट लागेर सेयरमूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु), गुडविल फाइनान्स लिमिटेड, प्रोग्रेसिभ फाइनान्स कम्पनी लिमिटेड, नेपाल पुनर्बिमा कम्पनी लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, दोल्ती पावर कम्पनी, सिटी होटल, हिमालयन रिइन्सुरेन्स, सेन्ट्रल फाइनान्स लिमिटेड रहेको छ।
नेप्से १०८ अंकले बढ्दा कसको सेयरमूल्य सबैभन्दा बढी घट्यो:
आज दिनभरको कारोबारमा ३ कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा फर्स्ट माइक्रो, सुपर मादि हाइड्रोपावर र उन्नति सहकार्य लघुबित्त रहेका छन। जसको सेयरमूल्य क्रमश: ७० पैसा, ४ रुपैयाँ र २ रुपैयाँले घटेको छ।
कुन उपसमुहमा के भयो ?
हिजो सबै उपसमूह घटेका थिए। आज भने सबै उपसमूहहरु बढेका छन्। आज सबैभन्दा बढी फाइनान्स उपसमूह ७.६३ प्रतिशतले बढेको छ। यस्तै प्रमुख उपसमूहहरु बैंकिङ २.३२ प्रतिशत, विकास बैंक ४.५१ प्रतिशत , होटल ५.१३ प्रतिशत , हाइड्रो ५.७२ प्रतिशत , लाईफ इन्स्योरेन्स ३.९७ प्रतिशत , माइक्रोफाइनान्स २.१७ प्रतिशत र नन् लाईफ इन्स्योरेन्स उपसमूह ३.०८ प्रतिशतले बढेको छ।
सबैभन्दा बढी कारोबार कसको भयो?
आज दिनभरमा १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी हिमालयन रीइन्स्योरेन्सको १ अर्ब ५३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ। यस्तै बढी कारोबार हुनेमा क्रमशः नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावर, शिवम् सिमेन्टस्, चिलिमे हाइड्रोपावर रहेका छन।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया