भारतीय टोलीका ब्याटर विराट कोहलीको आइसीसी टी–२० विश्वकपबाट सन्न्यासको घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १६ गते
भारतीय टोलीका ब्याटर विराट कोहलीको आइसीसी टी–२० विश्वकपबाट सन्न्यासको घोषणा

भारतीय टोलीका ब्याटर  विराट कोहलीले आइसीसी टी–२० विश्वकपबाट सन्न्यास लिएको घोषणा गरेका छन्। उनले सन् २०१० मा हरारेमा भएको खेलमा जिम्बाव्वे विरुद्ध डेब्यु गरेका थिए । अन्तिम खेल भने दक्षिण अफ्रिका विरुद्ध रह्यो ।

फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रोपटक उपाधि जितेसँगै कोहलीले आफुलाई सन्न्यास घोषणा गरेका हुन् । ‘यो मेरा लागि अन्तिम टी–२० विश्वकप हो,’ कोहलीले भने, ‘मैले मेरो काम पूरा गरेँ । अब, नयाँ पिँढीका लागि अवसर हो । केही राम्रा खेलाडीले टिमलाई अगाडि बढाउँदै छन् र झन्डा फहराउनेछन् ।’

#बजारकोचिरफार #bajarkochirfar

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स