भारतमा विवाहको वाचा गरेर धोका दिनेलाई १० वर्ष जेल हुने नयाँ नियम बन्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १७ गते
भारतमा विवाहको वाचा गरेर धोका दिनेलाई १० वर्ष जेल हुने नयाँ नियम बन्यो
AdvertisementAds

भारतमा आज (सोमबार) देखि तीन आपराधिक कानुन कार्यान्वयनमा ल्याइएको छ, जुन कानुनमा भारतीय न्याय संहिता, भारतीय नागरिक सुरक्षा संहिता र भारतीय साक्ष्य अधिनियम छन् ।

यी कानुन गत वर्ष संसद्का दुवै सदनबाट ध्वतिमतका साथ पारित गरिएको थियो । त्यति बेला विधेयकमाथि दुवै सदनमा करिब पाँच घण्टा बहस भएको थियो । त्यसक्रममा विपक्षका १४० भन्दा बढी सांसदलाई निलम्बन गरिएको थियो ।

नयाँ कानुनमा महिला सुरक्षा सम्बन्धि प्रावधानमा  महिलालाई विवाह, रोजगारी, पद्दोनतीको झुटो बहाना गरेर अथवा आफ्नो पहिचान लुकाएर यौनसम्पर्क गर्नेलाई १० बर्षको जेल र जरिवाना लाग्ने, पुर्व विवाहलाई लुकाएर दोस्रो विवाह गर्नेलाई १० वर्षको जेल सजाय र जरिवाना लाग्ने छ, विवाहको वाचा गरेर धोका दिनेलाई १० वर्ष जेल हुने छ ।

नयाँ कानुनमा बालबालिकाको अधिकार रक्षाको लागी १८ वर्ष भन्दा कम उमेरकालाई बालबालिकाको श्रेणीमा राखिएको छ साथै नाबालिकको खरिद विक्री गर्नेलाई १४ वर्षको जेल सजाय हुने व्यबस्था गरिएको छ ।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स