भन्सार छलि गरी लैजान लागेको पहेँलो धातुसहित दुई जना पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २९ गते
भन्सार छलि गरी लैजान लागेको पहेँलो धातुसहित दुई जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फालेजुङ गाउँपालिका–३ घर भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने ३९ वर्षीय भविमान ठोकर रहेका नेपाल प्रहरीद्वारा सार्वजनिक समाचार बुलेटिनमा उल्लेख गरिएको छ ।

हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका सुब्बालाई भन्सार छली गर्न लगाई ठोकरले सिक्री एक थान, आईफोन १३ प्रो म्याक्स एक थान, रेडमि मोबाइल तीन थान, डेल ल्यापटप दुई थान र एक थान एयरपोड प्रो चारसहित सङकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हिजो पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

#BajarkoChirfar #Bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स