भोलि अर्थात् साउन २१ गते बैंक, वित्तिय संस्थाहरुले आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमाससम्मको अन्तरिम वित्तिय विवरण सार्वजनिक गर्ने अन्तिम दिन हो। नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०८० को निर्देशन नम्बर ४ मा वित्तिय विवरणहरुको ढाँचा सम्बन्धी व्यवस्था गरिएको छ। जस अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक वित्तिय संस्थाहरुले पहिलो, दोश्रो र तेस्रो त्रैमास सकिएको ७ दिनभित्र र आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र अन्तरिम वित्तिय विवरण जारी गरिसक्नु पर्दछ।
हालसम्म थोरै मात्रै बैंक वित्तिय संस्थाहरुले वित्तिय विवरण सार्वजनिक गरेका छन्। वित्तिय विवरण सार्वजनिक गरेका कम्पनीहरुको अवस्था गत वर्षको तुलनामा केहि खस्केको देखिन्छ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको बुँदा नम्बर ९३ मा बैंक तथा वित्तिय संस्थाहरुको २०८१ असार मसान्त सम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्त सम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधिनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ को आम्दानीमा बाँध्न पाउने व्यवस्था गरिएको छ। जस अनुसार बैंक वित्तिय संस्थाहरुले वार्षिक विवरण प्रस्तुत गर्दा फाइनल अडिट रिपोर्टमा ८१ को साउन मसान्तसम्ममा प्राप्त हुने ब्याज जोडेर प्रस्तुत गर्नेछन।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया