बाढीपीडितलाई सात लाख ७७ हजार सहयोग

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २९ गते
बाढीपीडितलाई सात लाख ७७ हजार सहयोग
AdvertisementAds

 कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढीपहिरो पीडितका लागि रु सात लाख ७७ हजार प्रदान गरेको छ । महासङ्घका अध्यक्ष मणिरत्न श्रेष्ठले आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन्।

त्यस अवसरमा बाढीपीडितलाई सहयोग गरेकामा सङ्गठनका पदाधकारीप्रति  कृतज्ञता ज्ञापन गर्दै अध्यक्ष दाहालले जनताका समस्या समाधानका निम्ति आफ्नो पार्टीले सधैँ अग्रमोर्चामा रहेर काम गरेका उल्लेख गरेका छन् ।

पुनःस्थापनाका कामले अझै गति नलिएकामा चिन्ता व्यक्त गर्दै उनले दुई वर्षअघिका भूकम्पपीडित तथा हालैको बाढीपहिरोबाट पीडित भएकालाई समाजका सबै वर्गको सहयोग आवश्यक भएको बताए। सहायता रकम प्रदान गर्न महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासङ्घ र सङ्गठनका पदाधिकारी सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स