आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल बर्षाले गर्दा रद्ध भएको छ ।
क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा मंगलबार राति हुनुपर्ने खेल बर्षाका कारण हुन नसकेपछि रद्ध भएको हो । खेल रद्ध भएपछि नेपाल र ओमानले एक एक अंक बाँडेका छन् ।
यो सँगै नेपालको यो सिरिजमा बिर्सन लायक अन्त्य भएको छ । नेपालले यस सिरिजका ४ मध्य तीन खेलमा हार बेहोरेको थियो ।
लिग- २ मा नेपाल ८ खेलमा ६ हारसहित केवल ३ अंकसहित सातौं स्थानमा रहेको छ । त्यसैगरी ओमानको भने ७ खेलमा ६ अंक रहेको छ र छैटौं स्थानमा छ ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया