बर्षको पहिलो कारोबार दिनमा नेप्सेमा सामान्य गिरावट

बर्षको पहिलो कारोबार दिनमा नेप्सेमा सामान्य गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य घटेको छ । आज नेप्से परिसूचक २.३५ अङ्कले घटेर २०२३.३५ बिन्दुमा आएको छ ।दिनभरको कारोबारमा ३२० कम्पनीहरुको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर खरिदबिक्री हुँदा तीन अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ बराबरको कारोबार भएको छ ।

आज फाइनान्स, हाइड्रो, माइक्रो फाइनान्स र ट्रेडिङ समुहको सेयर मुल्यमा सामान्य वृद्धि भएको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ ।

आज सिर्जनशील लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमामाई हाइड्रोको २१ करोड ४७ लाख ८९ हजार बराबरको सेयर खरिद बिक्रि भएको छ ।
NEPSE POST 2 https://bajarkochirfar.com/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स