प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य नेताहरूको अभिनय रहेको फिल्म ‘नमेटिने घाउ’ फ्लप भएपछि निर्माता रमित ढुंगानाले अब फिल्ममा नेतालाई खेलाउने योजना त्यागेको बताएका छन्। फिल्मको प्रचारप्रसारमा नेताहरुलाई मुख्य रूपमा अगाडि ल्याइए पनि, सामाजिक सञ्जालमा ‘बहिष्कार गरौं’ भन्ने ट्रेन्ड चलेपछि फिल्मले अपेक्षित दर्शक तान्न सकेन। यो फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी सांसद देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीको अभिनय रहेको थियो।
रमितले भने, “नेताहरुलाई फिल्ममा समेट्दा दर्शकले बायकट गरेका कारण फिल्म असफल भयो। अब नेतालाई फिल्ममा राख्ने छैन।” फिल्मको प्रचारप्रसारमा नेताहरुलाई केन्द्रमा राखिए पनि दर्शकले यसलाई सकारात्मक रूपमा नलिएको उनले बताए। ‘नमेटिने घाउ’ एसिड आक्रमणका पीडित किशोरीहरूको कथामा आधारित फिल्म हो।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया