प्रतिनिधिसभा बैठक : ‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ३० गते
प्रतिनिधिसभा बैठक : ‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र अनियमितता भएको दाबी गर्दै त्यसको छानबिन गर्न माग गरिएको छ ।

बैठकको आकस्मिक समयमा नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्तरुपमा भइरहेको आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगीतामा क्यानले सन्दिप लामिछानेलाई १५ सदस्यीय टोलीमा समावेश नगरेको, राम्रो खेलाडीलाई हटाएर टोलीलाई हराउन लागेको र अमेरिकामा उठाएको चन्दा क्यानले आफ्नो खातामा नराखी दुरुपयोग गरेको विषय बाहिर आएको उल्लेख गरे ।

सांसद आचार्यले ब्याट र नेपालको जर्सीमा रकम हिनामिना भएको, नेपालीले प्राप्त गरेको चार सय टिकट र २० ‘भिआइपी पास’ पनि अवैध रुपमा बिक्री गरेकोलगायत विषयमा गुनासो आएकाले यस विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरे ।

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स