‘पूर्णबहादुरको सारङ्गी’लाई फेरि चोरीको आरोप: ‘लाज’को थिम र केहि प्लट चोरिएको निर्देशक अजितको दाबी

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २९ गते
‘पूर्णबहादुरको सारङ्गी’लाई फेरि चोरीको आरोप: ‘लाज’को थिम र केहि प्लट चोरिएको निर्देशक अजितको दाबी

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई फेरि चोरीको आरोप लागेको छ। निर्देशक र कलाकार अजित लामिछानेले आफ्नो फिल्म ‘लाज’को थिम र केही प्लट यस फिल्ममा चोरिएको दाबी गरेका छन्।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, “अस्ति बेलुका चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ हेरेपछि म छाङाबाट खसेझैँ भए, म छटपटिए। मैले लेखेको चलचित्र ‘लाज’को थिम र केहि प्लट चोरिएको पाए। मेरो कथा बाबु बल्ली र छोरो बुधेको कथा हो, जहाँ बाउले छोराको स्कुल ड्रेस सिलाउन र छोराले सुख पाउन र ठुलो मान्छे बन्न चाहने संघर्षको कथा रहेको छ।”

उनले थपे, “जब पहिलो पटक ‘पूर्णबहादुरको सारङ्गी’को थिम पोस्टर सार्वजनिक भएको थियो, मेरो मनमा चिसो पसेको थियो। त्यो पोस्टरमा सारङ्गी रेट्ने बाबुले छोरोलाई काँधमा हालेर हिँडेको चित्रण थियो। मलाई झस्किनुको कारण के थियो भने फिल्मको कथा र निर्देशक सरोज पौडेलको नाम थियो, जसलाई मैले दुई वर्षअघि गोर्खा एफएम चिया पसलमा मेरो चलचित्र ‘लाज’को स्क्रिप्ट सुनाएको थिएँ।”

‘पूर्णबहादुरको सारङ्गी’ अहिले नेपालको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सफल भएको छ। फिल्मको कथा निर्देशक सरोज पौडेलले आफ्नो बुबाको निधनपछि महसुस गरिएको विषयमा आधारित रहेको बताएका थिए।

Screenshot 14 11 2024 14228 www.facebook.com https://bajarkochirfar.com/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%ac%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%80 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स