पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँच पुर्पक्षका लागि कारागार चलान भएका छन् भने एक जना धरौटीमा रिहा भएका छन् ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
अदालतको आदेशपछि चोरी आरोपमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी र मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियार कारागार चलान भएका हुन् ।
उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशवकुमार थेबेले जानकारी दिएका छन । त्यसैगरी पक्राउ मुद्दा चलाइएका मध्ये सत्यनारायण जोशी भने रिहा भएका छन् । उनलाई ३ लाख धरौटीमा छाड्न अदालतले आदेश दिइएकाे थियाे ।
#Bajarkochirfar #bazarkochirfar















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया