नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले जिम्मेवारी सम्हालेका छन्। उनले बुधबार सेबोनको कार्यालय खुमलटार पुगेर पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि सरकारको निर्देशन र अध्ययन समितिको सुझाव अनुसार काम गर्ने बताए। ‘नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका विषयमा अध्ययन समितिले दिएको सुझाव र सरकारकाे निर्देशन अनुसार अघि बढ्नेछु,’ उनले भने।
श्रेष्ठले पुँजीबजारको विकास र दायरा विस्तारमा लगानीकर्ताका हितमा काम गर्ने पनि बताए। बजारमार्फत अर्थतन्त्रमा योगदान पुग्ने गरी काम गर्ने उनको भनाइ छ। श्रेष्ठले आफ्नो कार्यकालमा सेबोनलाई भाडाको घरबाट हटाएर आफ्नै भवनमा सार्ने प्रतिबद्धता पनि व्यक्त गरे।
मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई सेबोन अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। श्रेष्ठले हिजो अर्थमन्त्री विष्णु पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका थिए ।












![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)




![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया