पठाओ सेवा विरुद्ध ट्याक्सी चालकहरूको प्रदर्शन, कोटेश्वर-जडीबुटी क्षेत्र तनावग्रस्त

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २८ गते
पठाओ सेवा विरुद्ध ट्याक्सी चालकहरूको प्रदर्शन, कोटेश्वर-जडीबुटी क्षेत्र तनावग्रस्त

काठमाडौं उपत्यकामा सञ्चालित भाडाका ट्याक्सी चालकहरू राइड सेयरिङ सेवाहरूविरुद्ध आन्दोलनमा उत्रिएका छन्।

पठाओ लगायतका सेवाहरूका कारण रोजीरोटी खोसिने अवस्था आएको भन्दै उनीहरूले ती सेवा बन्द गर्नुपर्ने र रातो नम्बर प्लेट भएका सवारीहरूले यात्रु बोक्न नपाउने जस्ता मागहरू अघि सारेका छन्।

शुक्रबार, काठमाडौंको कोटेश्वर-जडीबुटी क्षेत्रमा ट्याक्सी चालकहरूले सडक अवरोध गर्दै विरोध प्रदर्शन गरे। व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा ट्याक्सी चालकहरूले बीच सडकमा ट्याक्सी राखेर आवागमन ठप्प पारे। केही समयपछि प्रहरीले हस्तक्षेप गरी ट्याक्सी हटाएपछि सडक आवागमन पुनः सुचारू गरिएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स