नेपाल-बंगलादेशबीचको फाइनल खेलमा लिपिस्टिक, नेलकटर सहित अन्य के के लैजान पाइँदैन?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १४ गते
नेपाल-बंगलादेशबीचको फाइनल खेलमा लिपिस्टिक, नेलकटर सहित अन्य के के लैजान पाइँदैन?

नेपाल-बंगलादेशबीचको साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल आज साँझ ६:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। यस अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशालामा लैजान नपाइने सामग्रीहरूको सूची सार्वजनिक गरेको छ।

एन्फाले रंगशालामा बन्दुक, छुरा वा अन्य धारिलो हतियार, चुरोट, लाइटर, सलाई, मादक पदार्थ, ठूलो झोला, बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर, लेजर लाइट, मोटरसाइकलको हेल्मेट, छाता, लिपिस्टिक, नेलकटर, कैंची, काइँयो तथा कुनै पेय पदार्थका बोतल वा क्यान लैजान नपाइने जनाएको छ। सानो झोला भने सुरक्षा जाँचपछि मात्र अनुमति दिइनेछ।

भारतविरूद्धको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी दर्शक उपस्थित भएपछि खेल विवादित बनेको थियो, जसका कारण आक्रोशित दर्शकले मैदानमा बोतल प्रहार गरेका थिए। त्यसपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स