नेपालगञ्जको बजेट रु १ अर्ब पचास करोड

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १० गते
नेपालगञ्जको बजेट रु १ अर्ब पचास करोड

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल रु १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको उमहानगरपालिकाको १५औँ अधिवेशनमा उपप्रमुख कमरुद्धिन राईले आगामी आवका लागि बजेट प्रस्तुत गरेका हुन् । आगामी आवका लागि विनियोजित बजेट चालु आवको भन्दा करिब रु ३५ करोड कम हो ।

प्रस्तावित बजेटमा आम्दानीतर्फ सङ्घका तर्फबाट ससर्त अनुदान रु ६१ करोड २४ लाख ७७ हजार, समपूरक अनुदान रु एक करोड र विशेष अनुदान रु एक करोड ५० लाख विनियोजन गरिएको छ । त्यस्तै, प्रदेशका तर्फबाट ससर्त अनुदान रु दुई करोड चार लाख, समपूरक अनुदान रु एक करोड ४० लाख रहेको छ । वित्तीय समानीकरण सङ्घको रु २७ करोड ९५ लाख, प्रदेशको रु दुई करोड पाँच लाख तथा आन्तरिक आयतर्फ रु २० करोड ११ लाख सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै राजस्व बाँडफाँट, राजस्व बाँडफाँट रोयल्टी, घर जग्गा रजिष्ट्रेसन (मालपोत), आन्तरिक आय, आन्तरिक आय (मौज्दात)लाई उपमहानगरपालिकाले कूल आम्दानीका रुपमा उल्लेख गरेको छ ।

व्ययतर्फ चालु खर्च रु ३५ करोड ५२ लाख, सङ्घ समपुरक खर्च रु एक करोड, प्रदेश समपूरक खर्च रु एक करोड ४० लाख, अन्य समपूरक रु ७५ लाख, २३ वडा कार्यालयका लागि रु २० करोड विनियोजन गरिएको बजेट वक्तव्य मार्फत उपप्रमुख राईले जानकारी दिए । त्यसबाहेक वित्तीय व्यवस्था (सावा), वित्तीय व्यवस्था ब्याज भुक्तानी, नगरस्तरीय प्रवर्द्धनात्मक, विषयगत शाखा उपशाखा लगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स