दक्षिण एशिया क्षेत्रीय वित्तीय समावेशिता पहल (सार्फी)को नेतृत्व नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्हाल्ने निर्णय भएको छ। गभर्नर अधिकारीले सोमबारदेखि सान्साल्भाडोरमा जारी एलाइन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई)–ग्लोबल पोलिसी फोरमको बैठकमा भर्चुअल माध्यमबाट अध्यक्षता ग्रहण गरे।
पाँचौं सार्फी लिडरसिप राउण्डटेलका क्रममा नेपाल राष्ट्र बैंकलाई सार्फीको अध्यक्षता हस्तान्तरण गरिएको हो। यसअघि माल्दिभ्स मनिटरी अथोरिटीले सार्फीको नेतृत्व सम्हालेको थियो र गभर्नर अधिकारी यस सञ्जालका उपाध्यक्ष थिए। अब स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)लाई सार्फीको उपाध्यक्षको रूपमा चयन गरिएको छ।
सार्फी २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ग्लोबल पोलिसी फोरमको बाह्रौं बैठकमा स्थापित गरिएको थियो। यसमा नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू आबद्ध छन्। सार्फीको उद्देश्य क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि, प्राविधिक सहायताको कार्यान्वयन र वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्नु हो।











![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया