नेपालका लामिछाने र राजबंशी अस्ट्रेलियाको बिग बाश लिग ड्राफ्टमा चयन

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १२ गते
नेपालका लामिछाने र राजबंशी अस्ट्रेलियाको बिग बाश लिग ड्राफ्टमा चयन

अस्ट्रेलियाको चर्चित टी-२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्बजनिक भएको छ, जसमा विभिन्न देशका ४६१ विदेशी खेलाडी समावेश छन्।

यस ड्राफ्टमा नेपालका दुई खेलाडीले स्थान बनाएका छन्। ड्राफ्टको सुचीमा नेपाली क्रिकेटर सन्दीप लामिछाने र ललितनारायण राजवंशीले स्थान बनाएका हुन् । अब सेप्टेम्बर १ मा यसै सूचीबाट विभिन्न ८ फ्रेन्चाइजीले खेलाडीको चयन गर्ने छन् ।

नेपालबाट अहिलेसम्म सन्दीप लामिछानेले मात्र बिग बाश लिग खेलेका छन् । सन्दीपले  लामिछानेले यसअघि बीबीएलमा तीन सिजन खेलेका हुन्, जसमा उनले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका छन् भने एक सिजन होबर्ट हरिक्यान्सबाट खेलेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स