नयाँ पुस्तालाई स्वदेशमै रोजगारी सिर्जना गर्छौँ : आरजु देउवा

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २० गते
नयाँ पुस्तालाई स्वदेशमै रोजगारी सिर्जना गर्छौँ : आरजु देउवा

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले यतिबेला नयाँ पुस्तालाई देशभित्रै टिकाउन ठूलो चुनौती रहेको बताएकी छन् । उनले सबै मिलेर चुनौतीहरूको सामना गर्दै नेपाललाई समृद्ध, शान्त र प्रगतिशील राष्ट्रका रूपमा विकास गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताइन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू), शंकरदेव क्याम्पसले आयोजना गरेको त्रिभुवन विश्वविद्यालय बिबिए कप फुटबल प्रतियोगिताको १६ औँ संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै डा. देउवाले नयाँ पुस्तालाई स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘अहिलेको नयाँ पुस्तालाई देशभित्रै कसरी टिकाउने भन्ने ठुलो चुनौती छ । हामी सबै मिलेर यस्ता चुनौतीहरूको सामना गर्दै नेपाललाई समृद्ध, शान्त र प्रगतिशील राष्ट्रका रूपमा विकास गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स