instainsta

धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति हुन सक्दैनः अर्थमन्त्री पौडेल

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १२ गते
धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति हुन सक्दैनः अर्थमन्त्री पौडेल
AdvertisementAds

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न नसक्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा धितोपत्र सम्बन्धि संशोधन विधेयकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सरकार संविधान र कानूनसंम्मत ढङ्गले चल्ने भएकाले बोर्डको अध्यक्ष कानून रुपमा विधिसंगत ढङ्गले नियुक्ति हुने बताए । उनले कानून र व्यवस्था भन्दा बाहिर गएर लगानीकर्ता वा भोटबाट छनोट गर्नेकुरा कल्पना गर्न नसकिने उल्लेख गरे । उनले कानून राज्यमा कानून र संविधान भन्दा बाहिर सरकार जान नमिल्ने कुरा सांसदहरुलाई जानकारी हुन आवश्यक रहेको पनि संकेत गरे ।

अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तमा सरकारले मन लागेको गर्ने छुट नभएको बताए । धितोपत्र बोर्डको अध्यक्षमा सरकारले डियु कोर्षबाट कानूनसम्मत ढङ्गले योग्य र इमान्दार पात्रको छनोट गरिने प्रतिवद्धता जनाए । उनले  योग्यता र इमान्दारिताको निरपेक्ष परिभाषा नहुने भन्दै प्रतिष्पर्धीहरुका बीचबाट छनोट गरिने बताए ।

उनले सांसदहरुले इच्छुकहरुभन्दा बाहिरका पात्रहरुलाई अध्यक्षमा ल्याउनुपर्ने धारणा आएको भन्दै प्रतिष्पर्धा भन्दा बाहिर रहेका व्यक्तिहरु योग्य भएपनि सरकारले छनोट गर्न नसक्ने उल्लेख गरे । उनले धितोपत्र बोर्डको अध्यक्षमा गैरराजनीतिक पात्रको खोजी गर्न नसकिने पनि स्पष्ट पारे ।

उनले मुलुक दलिय व्यवस्थामा सञ्चालन हुने भएको भन्दै दल र दलहरुको भूमिका बिना अहिलेको व्यवस्था परिकल्पना गर्न नसकिने बताए । उनले धितोपत्र बोर्डको अध्यक्ष पनि निरपेक्ष ढङ्गले दलभन्दा बाहिरको मान्छे खोजी गर्न सम्भव नभएको जिकिर गरे । उनले दलिय आस्थाका आधारमा जिम्मेवारीमा रहँदा निर्णय गर्ने नपाउने अपेक्षा स्वभाविक भएको बताए ।

उनले भने, ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तका सन्दर्भमा सरकारले मन लागेको गर्ने छुट छैन । विभिन्न तरिकामा अध्यक्ष छनोट गरौं भन्ने छुट हुँदैन । सरकार सविधानको सर्वोच्चता र कानूनको राज सबैले मान्छौं । सविधानको सर्वोच्चता र कानूनको राज लोकतन्त्रको ठूलो सिद्धान्त हो । सरकारका सम्पूर्ण काम कारबाहीहरुलाई संविधान र कानून अनुसार सञ्चालन गर्नुपर्छ । त्यसकारण सरकारले आज धितोपत्र बोर्डको अध्यक्षको छनोट डिम्याट खातावालाहरुको मतदानबाट छनोट गरौं । कुन कानूनी व्यवस्था अन्तर्गत छौं । सरकारलाई त्यो अधिकार दिएको छैन । धितोपत्र बोर्डको अध्यक्षका सन्दर्भमा सांसदको कम्पिटेन पात्र छनोट होस् भन्ने अभिव्यक्तिप्रति सम्मान व्यक्त गर्न चाहन्छु । डियु कोर्षबाट कानून सर्वत ढङ्गले योग्य र इमान्दार पात्रको छनोट गरिनेछ । योग्यता र इमान्दारिताको निरपेक्ष परिभाषा हुन सक्दैन । त्यो प्रतिस्पर्धिहरुका बीचबाट छनोट गर्ने हो । इच्छुकहरुका बीचबाट छनोट गर्ने हो । इच्छुकहरु बाहिर छन उनीहरुले प्रतिस्पर्धामा भाग लिएन भने छनोट सरकारले गर्न सक्दैन । अध्यक्षमा गैरराजनीतिक पात्रको खोजी गर्नुहुँदैन । हामी दलिय व्यवस्थामा छौं । राजनीतिक दल यो व्यवस्थाको सबैभन्दा ठूलो आधार हो । दल र दलहरुको भूमिका विना अहिलेको व्यवस्था परिकल्पना गर्न सक्दैनौं । हामी निरपेक्ष ढङ्गले दलभन्दा बाहिरको मान्छे खोजी गर्छौं । दल भन्दा बाहिरको मान्छे खोजि गर्न सम्भव होला ? उसले दलिय आस्थाका आधारमा निर्णय गर्ने बेलामा काम नगरोस भनि आग्रह गर्नुजाहेज हो । तर दल भन्दा बाहिरको पात्र खोजि गर्यो  भने अन्यन्त्र कतै बरालिन पुग्छौं । त्यस्तो गरिनु हुँदैन भन्ने लाग्छ । बोर्डमा इमान्दार र योग्य पात्रको विधिसम्मत रुपमा छनोट हुन्छ ।’ 

उनले धितोपत्र बोर्डको अध्यक्ष दल भन्दा बाहिरको पात्र खोजि गर्यो भने अन्यन्त्र कतै बरालिन पुगिने भन्दै सरकारले त्यस्तो नगर्ने बताए । अर्थमन्त्री पौडेलले पुँजीबजारमा इन्साइडर ट्रेडिंग ,सामाजिक सञ्जालको दुरुपयोग गरेर लगानीकर्तालाई भ्रममा पार्ने नसक्ने र पुँजी बजार बललको रुपमा नभई दिगो रुपमा विकास होस् भन्ने भावका साथ विधेयक संशोधन गर्न लागेको बताए।

उनले झुटो प्रचार,भ्रमक अभिव्यक्ति दिने र लगानीकर्तालाई भ्रममा बनाउन नदिने विषयमा विधेयकले सम्बोधन गर्ने बताए । बजारमा अराजकता फैलन नदिने गरी विधेयकमा व्यवस्था गरिएको पनि बताए । बजारमा अनुशासनहिनता, स्वेच्छाचारिताका क्रियाकलाप नहुने, लगानीकर्ता पीडित नहुने गरी कानूनको तयारी भएको उनको भनाइ छ । वित्तीय साक्षरताको कमी र केही खेलाडीहरुले बजारलाई प्रभावित बनाउन सक्ने भन्दै त्यसलाई कम गर्न नियमनको प्रभावकारी प्रवन्ध हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स