धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सेबोन अध्यक्षका लागि सर्टलिस्टेड गरेको ५ जनामध्ये ३ जना उम्मेद्वार अन्तर्वार्ता तथा कार्यपत्र प्रस्तुतिकरणमा अनुपस्थित भएपछि अध्यक्ष सिफारिस समितिले महान्यायाधिवक्ता कार्यालयको समेत कानूनी सल्लाह लिएर नियुक्ति प्रक्रिया खारेज गरेको थियो। अनुपस्थित हुनेमा बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं थिए।अध्यक्ष सिफारिस समितिले रद्द गरेपछी सर्टलिस्टमा परेर प्रस्तुति दिएका उमेद्धार सन्तोषनारायण श्रेष्ठले सो निर्णय खारेजीको माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।
सन्तोषनाराणय श्रेष्ठले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले अल्पकाली अन्तरिम आदेश दिएको हो।
#BajarkoChirfar #bazaarkochirfar













![बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/w3oKZvBNr5g-maxresdefault-768x432.jpg)






प्रतिकृया