दशैँमा लगानीकर्तालाई खुसी दिँदै सेयरबजार

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन २१ गते
दशैँमा लगानीकर्तालाई खुसी दिँदै सेयरबजार

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अङ्कले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर ४८३ दशमलव ७८ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर मूल्यमा गिरावट हुँदा ११ उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ ।

कुल एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर रु सात अर्ब नौ करोड ५९ लाख ५३ हजार २७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार, थ्री स्टार हाइड्रोपावर नौ दशमलव ९३, डोल्टी पावर कम्पनी नौ दशमलव ६८, एनआइसी एसिया फ्लेक्सी क्षप फन्ड आठ दशमलव ८०, जोशी हाइड्रोपावर आठ दशमलव ४२ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले सात दशमलव ५९ कमाएका छन् ।

यस्तै, इस्टर्न हाइड्रोपावरको सेयरमा आज नकारात्मक सर्किट लागेको छ । साथै कुमारी सबल योजना सात दशमलव ४० प्रतिशत, विन नेपाल लघुवित्त छ दशमलव १४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त चार दशमलव शून्य सात प्रतिशत र पोखरा फाइनान्सका लगानीकर्ताले तीन दशमलव ७६ प्रतिशतले गुमाएका छन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स