दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २५ गते
दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै
AdvertisementAds

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ ।

विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको भौतिक संरचनामा प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको हो ।

यसअघि रंगशालाको अवस्था राम्रो नभएको एएफसीका प्रतिनिधिको प्रतिवेदनपछि नेपालले बहराइन बीचको खेल दशरथ रंगशालामा हुन नसकेपछि नेपालले होम र अवे खेल बहराइनमै खेलेको थियो ।

एन्फा र एएफसीले रंगशालाको भौतिक संरचना र पिचमा प्रश्न उठाएका छन् । साथै राति हुने खेलमा फ्लडलाइटको विषयमा समेत प्रश्न उठाएका छन् ।

एन्फा र एएफसीले पत्र लेख्दै रंगशालाको भौतिक अवस्था सुधार गर्न पत्र लेखेका थिए । यसपछि खेलकुद मन्त्रालयले चासो देखाउदै सरोकारवालाको बैठक आज बोलाएको छ ।  सो बैठकमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीलाई बोलाइएको छ ।

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स