पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारको विषयमा दिएको आफ्नो अभिव्यक्ति सच्याएका छन्। बिहीबार संघीय संसदको अर्थसमितिमा नेपाल धितोपत्र बोर्डसँग गरेको छलफलका क्रममा उनले आफूले सेयर बजार बढ्नहुन्न भन्ने आशयको धारणा व्यक्त नगरेको भन्दै आफ्नो भनाईलाई तोडमोड गरिएको बताएका छन् ।
उनले सेयर बजारको विषयमा दिएको अभिव्यक्तिपछि सेयर लगानीकर्ता डा. महतलाई बहिस्कार गर्नेसम्मको चर्चा परिचर्चा सामाजिक सञ्जालमा चलिरहेको छ ।
उनि भन्छन्,’संसदमा मैले सेयर बजार बढ्न हुन्न भनेर भनेको होइन । केही संस्थाको सेयरमूल्य धेरै माथि पुगेकोले त्यो जस्टिफाई हुने आधार लगानीकर्ताले हेर्नुपर्छ मात्र भनेको हो ।’ उनि थप्छन्,’बजारको नियामकले पनि स्वच्छ ढंगले कारोबार भएको छ कि छैन भन्ने विषय हेर्नुपर्छ । संसदमा उभिएर कुनै निकायको पक्ष वा विपक्ष तथा कुनै क्षेत्रको पनि पक्ष वा विपक्षमा बोल्ने हाम्रो काम होइन।’














![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)






प्रतिकृया