प्रधानमन्त्रीका प्रमूख आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले मौद्रिक नीतिले सेयर बजार चलायमान बनाउने बताएपछि बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ७५.३३ अङ्कले बढेर २५६३.४३ अङ्कमा पुगेको छ ।
नेप्से २८ महिना यताकै उच्च विन्दुमा पुगेको छ। डा. युवराज खतिवडाले एक टेलिभिजन अन्तर्वार्तामा जग्गा र सेयर बजारप्रति राष्ट्र बैंक लचिलो हुनुपर्ने बताए सङ्गै आज नेप्से परिसूचक उच्च रुपमा बढेको हो।
आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर एक लाख ७१ हजार ३८७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ बराबरको कारोबार भएको छ ।
आज बोटलर नेपाल, समृद्धि फाइनान्स, मंडू हाइड्रो, हाथवे इन्भेस्टमेन्ट, नेपाल वायर हाउसिंगको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिभम सिमेन्टको २४ करोड ६९ लाख २३ हजार ७९२ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड-२ को १६ लाख २ हजार ८३५ कित्ता सेयर किनबेच भएको छ ।














प्रतिकृया