टी–२० विश्वकपमा नेपाली कप्तानसँग झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आइसीसीद्वारा कारवाही

टी–२० विश्वकपमा नेपाली कप्तानसँग झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आइसीसीद्वारा कारवाही
AdvertisementAds

आइसीसी टी–२० विश्वकपमा नेपालली कप्तान रोहित पौडेलसँग झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आइसीसीले कारवाही गरेको छ।

खेलाडी हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारवाही गरेको हो। तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ। सकिब सो खेलमा म्यान अफ द म्याचसमेत बनेका थिए।

नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए। उनले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो। रोहित पौडेल र हसन सकिब बीच नोकझोक भएको थियो।  तान्जिमले हातै हालेर रोहितलाई धकेल्न खोजेका थिए।

सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स