चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडको आठौं वार्षिक साधारण सभा आगामी कात्तिक ९ गते एवान क्याफे पार्टी भेन्यू, सरस्वतीनगर–६, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ।
सभामा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
साथै, सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।
















प्रतिकृया