कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार आज कन्य च्याउको तुलनामा डल्ले च्याउ महँगो भएको छ ।
आज कन्य च्याउको मूल्य प्रतिकिलो १५६ रुपियाँ तोकिएको छ भने डल्ले च्याउ प्रतिकिलो ३२६ रुपियाँमा किनबेच भइरहेको छ । कन्यको तुलनामा डल्ले च्याउ १७० रुपियाँले महँगो भएको हो । हिजो भने कन्य १६४ र डल्ले २९६ रुपियाँ किलोमा बिक्री भएको थियो ।
मंगलबार ब्रोकाउलीको पनि भाउ बढेको छ । हिजो १५० रुपियाँ रहेको ब्रोकाउली ६० रुपियाँले बढेर आज २१० रुपियाँ कायम भएको समितिले जनाएको छ ।
कालिमाटीमा आज लोकल गोलभेंडा ५५, ठूलो गोलभेंडा ९५, रातो आलु ६७, प्याज ९५, बन्दा ७५, काउली ८५, डल्ले भन्टा ५५, लौका ५५, घिरौंला ३५, हरियो फर्सी ७५, कुरिलो ३५० र तामा ११० रुपियाँ कायम भएको छ।
दैनिक मूल्य बारे जानकारी – वि.सं. साउन २९, २०८१








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया