instainsta

किन उच्च अङ्कले घट्यो बजार ? कहिले बाट सम्हालिएला ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ११ गते
किन उच्च अङ्कले घट्यो बजार ? कहिले बाट सम्हालिएला ?
AdvertisementAds

आज मंगलबार नेप्से परिसूचक १११ अंकले घट्यो। १८ अर्ब ६४ करोडको कारोबार भएको आजको बजारमा २२३ वटा कम्पनीहरुको सेयर मूल्य घटेको छ भने २० कम्पनीहरुको सेयर मूल्य बढेको छ। अधिकांश कम्पनीहरुको सेयर मूल्य घट्दै मंगलबार नेप्से परिसूचक २७८२ को बिन्दुमा क्लोज भएको छ। हिजो सोमबार कृष्ण जन्माष्टमीको सार्वजनिक विदाका कारण सेयर बजार बन्द थियो। आइतबार नेप्से परिसूचक ३०२० को बिन्दुसम्म पुगे तापनि अन्त्यमा २९७० को बिन्दुमा क्लोज भएको थियो।

आज बजार उच्च अङ्कले घटेपछि बजार किन घट्यो र अबको बजारको यात्रा कस्तो हो भन्ने विषयले चर्चा पाईरहेको छ। बजार किन घटिरहेको छ र यो घटाईले कहिलेसम्म निरन्तरता पाउला भन्ने विषयमा बजारको चिरफारले केहि बजार जानकारहरुसंग कुराकानी गरेको छ।

३००० को आसपास बाट बजार घट्नसक्छ भन्ने आँकलन उतिबेलै गरेको हो, १०% भन्दा धेरै घट्यो भने मात्रै ठूलो गिरावटका बारेमा सोच्न सकिन्छ : देव गुरागाईं

बजार जानकार देव गुरागाईं संग करिव १ हप्ता अघि बजारको चिरफारको पोड्कास्ट ‘अब के हुन्छ ?’ मा कुराकानी गर्दा बजार छोटो समयमै उच्च अङ्कले बढेकाले नाफा बुक गर्नतर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो। सेयर बजारमा उचित समयमा सेयर किन्न पनि जान्नुपर्छ र उचित समयमा बेच्न पनि जान्नुपर्छ भन्ने संदेश सो पोड्कास्ट मार्फत गुरागाईंले प्रवाह गरेका थिए। सो पोडकास्ट गर्दै गर्दा नेप्से परिसूचक ३००० को आसपासमा थियो। जसरी सगरमाथा चढ्दै गर्दा पाँचौ बेस क्याम्पपछि चुचुरो आउँछ त्यस्तै नेप्से परिसूचक पनि अहिले चौथो बेस क्याम्पमा रहेको र चुचुरो नजिकै रहेको उनको निष्कर्ष थियो। नेप्से ३००० को आसपास प्रोफिट बुकिङ्गको सल्लाह दिएका गुरागाईंले अहिले नै बजार घट्दो क्रममा जान्छ भन्ने वातावरण बनिनसकेको बताएका छन्। भदौ २ गते ३०५० को आसपास पुगेको नेप्से परिसूचक २७८२ मा आइपुग्दै गर्दा करिब ८% को गिरावट देखिएको छ। १०% सम्मको गिरावटलाई सामान्य करेक्सनका रुपमा लिन सकिने भएकाले यदि १०% भन्दा धेरै घट्न थाल्यो भने मात्रै बजारमा अझै ठूलो गिरावट आउने बारेमा सोच्न सकिने उनको विश्लेषण छ। उनको विश्लेषणका आधारमा २७०० आसपास सम्मको गिरावटलाई सामान्य करेक्सनका रुपमा लिन सकिन्छ।

२५८४ बिन्दुसम्मको गिरावट पनि सामान्य नै हो: सुवाष भट्टराई

चर्चित सेयर लगानीकर्ता तथा बजार जानकार सुवाष भट्टराईले अहिलेको घटाईलाई आफूले सामान्य रुपमा लिएको बताए। ‘यो घटाई सामान्य हो, नेप्से परिसूचक २५८४ सम्म आउँदा पनि आत्तिनु पर्दैन।’ नेप्से ३००० को आसपास पुग्ला भन्ने लागेकै थिएन, २९०० कै आसपास बाट बजार खस्ला भन्ने थियो। तर नेप्से सूचक ३००० भन्दा माथि गयो। बजार छोटो समयमा यसरी बढीसकेपछि नाफा बुक हुनु स्वाभाविक हो। यसमा असामान्य मान्नुपर्ने केहि कुरै छैन। बुल सुरु हुने बेलामा एउटा राम्रो र्याली गएपछि बजार घट्ने नै गरेको छ। यसरी बजार घट्दा जो आत्तिन्छ , बजारबाट भाग्छ उसको लागि सेयर बजार फलदायी नहुने उनको भनाई छ। बजार घट्दै गर्दा खरिदका अवसरहरु हेर्दै गर्दा फाइदाजनक हुनसक्ने उनको आँकलन रहेको छ।

बजारले ठूलो मुभ लिनुअघि ‘शेक आउट’ गराउँछ : सुवाष चन्द्र ढुंगाना

सेयर विश्लेषक सुवाष चन्द्र ढुंगानाले बजारको चिरफारको कार्यक्रम ‘चिरफार बहस’ मा बोल्दै बजारले ठूलो मुभ लिनुअघि ‘शेक आउट’ गराउने र कमजोर कित्ताहरु ‘स्मार्ट मनी’ तिर ट्रान्सफर हुने बताएका छन्। बजारमा आईरहेको गिरावटका बारेमा आफ्नो विचार व्यक्त गर्दै ढुंगानाले सबैले पत्याउने बुल आउनु अघि बजारमा राम्रै गिरावट आउने गरेको स्मरण गराएका छन्। त्यो गिरावटलाई खरिदको अवसरका रुपमा लिनेले राम्रो कमाई गर्ने पनि उनको विश्लेषण छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स