कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज कालिमाटी फलफूल तथा तरकारी बजारमा आज गोलभेंडा, ब्रोकाउली र फर्सीको मूल्य बढेको छ ।
हिजो ८६ रुपियाँ रहेको ठूलो गोलभेंडा किलोमा ९ रुपियाँले बढेर आज ९५ रुपियाँमा किनबेच हुँदैछ ।
त्यस्तै आज ब्रोकाउलीको भाउ प्रतिकिलो १६६ रुपियाँ भएको छ । हिजो भने यो १३६ रुपियाँ थियो । हिजोको तुलनामा ३० रुपियाँले बढेको हो ।
त्यसैगरी, आज हरियो फर्सी किलोमा ९ रुपियाँले महँगो भएको छ । बुधबार ७६ रुपियाँ रहेको हरियो फर्सी आज कालिमाटीमा ८५ रुपियाँमा कारोबार भइरहेको छ ।
कालिमाटीमा आज बन्दा ७५, तनेबोडी ९५, भटमासकोसा १२५, लौका ४५, परवर ७५, घिरौंला ४५, भिन्डी ४५, कन्य च्याउ १८०, पार्सले १२५०, पुदिना ६५० र तामा ११० रुपियाँ किलोमा बिक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ ।
दैनिक मूल्य बारे जानकारी – वि.सं. साउन ३१, २०८१








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया