कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर खरिदका लागि आज (असोज २१) अन्तिम मौका रहेको छ। बैंकले असोज १८ देखि संस्थापक समूहका ३५ हजार ५३४ कित्ता सेयर लिलामीमा बिक्रीका लागि राखेको थियो।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ, जुन जोकोही व्यक्ति वा संस्थाले बोलकबोल प्रक्रियाबाट खरिद गर्न सक्नेछन्। सबैभन्दा बढी मूल्य कबोल गर्नेले सेयर प्राप्त गर्नेछन्। सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ।
इच्छुक खरिदकर्ताले आज कार्यालय समयभित्र प्रभु क्यापिटल लिमिटेड, कमलादीमा गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ। गोप्य शिलबन्दी भोलि मंगलबार बिहान ११ बजे प्रभु क्यापिटलको कार्यालयमा खोलिने छ।
बैंकले यसअघि संस्थापक सेयरधनीलाई खरिदको अवसर प्रदान गरेको थियो, तर निर्धारित समयमा आवेदन नपरेपछि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको हो।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया