नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि अनुमति पर्खिरहेको कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सन् २०२३ मा २७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ।
यो व्यापार सन् २०२२ को तुलनामा २६.५२ प्रतिशतले घटेको हो,सन् २०२२ कम्पनीले ३७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। सन् २०२१ मा कम्पनीको व्यापार ३२ करोड ४० लाख रुपैयाँ रहेको थियो।
कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड एक टेलिभिजन प्रसारण कम्पनी हो, जुन नोभेम्बर २, सन् २००० मा स्थापित भएको थियो। कम्पनीले कान्तिपुर टिभी र कान्तिपुर सिनेप्लेक्स एचडी नामक दुईवटा च्यानलहरू सञ्चालन गरिरहेको छ।
आइपीओ निष्कासनको तयारीस्वरूप कान्तिपुर टेलिभिजन २०२१ को जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो। कान्तिपुरले ७ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पर्खिरहेको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया