काठमाडौं महानगरको साक्षरता दर ९५.५ प्रतिशत, बजेट खर्चमा सन्तोषजनक प्रगति

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २८ गते
काठमाडौं महानगरको साक्षरता दर ९५.५ प्रतिशत, बजेट खर्चमा सन्तोषजनक प्रगति

काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता दर ९५.५ प्रतिशत रहेको जनाएको छ। कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित कार्यक्रम र योजनाबाट पूर्वाधार विकासमा ५३ प्रतिशत भौतिक प्रगति भएको छ। गत वर्षको २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेटमा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ।

साथै, काठमाडौंका स्थानीय तह, प्रदेश र संघीय कार्यालयहरूले सञ्चालन गरेका कार्यक्रम र आयोजनामा आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ५६ करोड ५७ लाख खर्च भएको विवरण सार्वजनिक गरिएको छ।

 

facebook sharing button
twitter sharing button
sharethis sharing button
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स