काठमाडौंमा पानीको बोतललाई १६ रुपैयाँभन्दा बढीमा बेचे कारबाही हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २४ गते
काठमाडौंमा पानीको बोतललाई १६ रुपैयाँभन्दा बढीमा बेचे कारबाही हुने

नेपाल सरकारले काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) निर्धारण गरेको छ ।  विभागले २० लिटर जारको  मूल्य ४७ रुपैयाँ र एक लिटरको पानीको बोतलकाे मूल्य १६ रुपैयाँ निर्धारण गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना निकालेर पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बिक्री-वितरण भएको जानकारी आएकाले एमआरपी समान कायम गर्न निर्देशन दिएको हो।

होटल/रेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौता गरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेका छन्। होटल र रेस्टुरेन्टमा बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीलाई सचेत गराएको छ। एमआरपी नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने पनि विभागको चेतावनी दिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स