काठमाडौँको अनामनगरलगायत विभिन्न क्षेत्रमा आज मंगलबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म आठ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सबस्टेसनदेखि घट्टेकुलो एरियामा केबल तान्ने कार्यका कारण विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ।
विद्युत् सेवा अवरुद्ध हुने क्षेत्रमा अनामनगर पूर्वी गेटदेखि हनुमानस्थान, सिंहदरबार दक्षिण गेटदेखि न्युरो हस्पिटल अगाडि, प्रभु बैंक अगाडि, धोबीखोला हुँदै सेतो पुल, मैतीदेवी जाली कारखाना, घट्टेकुलो एरिया, र गोर्खा एफएमसम्मको क्षेत्र समेटिएको छ।















प्रतिकृया