प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओले खाजा उपलब्ध गराएको विषयमा विवाद भएपछि बैठक स्थगित भएको छ ।
आइतबार बिहानका लागि बोलाइएको बैठकमा एनजीओले उपलब्ध गराएपछि गृहमन्त्री रबि लामिछाने बैठक सुरु नहुदै बाहिरिएका थिए ।
बिहान ८ बजेका लागि बोलाइएको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ’ गर्ने एजेन्डा रहेको थियो ।
तर बैठकमा समयमै गृहमन्त्री लामिछानेले बैठकमा मंहगो मूल्यका खाजा ल्यायेको थाहा पाएपछि सोधखोज गरेका थिए ।
त्यसपछि एलएक्सपिटीडी भन्ने संस्थाले सो खाजा उपलब्ध गराएको खुलेपछि लामिछानेले बैठक सुरु नहुदै बाहिरिएका थिए । खाजाको प्याकेटमा चना, फलफुल, जाम-पाउरोटी, अण्डा, आलु आदि रहेको बैठकमा उपस्थित एक सांसदले न्यूज कारखानालाई बताए ।
गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर बैठक नगर्ने भन्दै समितिका सभापति रामहरि खतिवडालाई प्रश्न गरेका थिए ।
#bajarkochirfar #bazarkochirfar
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया