एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा आफ्नो लगानी रहेको भन्नेहरुलाई जवाफ फर्काएका छन् । उनले आरोपका लागि आरोप लगाउने प्रवृत्ति रहेको उल्लेख गर्दै तथ्य प्रमाणका आधारमा बहस गर्न चुनौती दिए ।
शुक्रबार राजधानीको दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै ओलीले भन्न कै लागि अमेरिकाका बैंकमा रहेको आधा सम्पति आफ्नो भनिदिएपनि हुने बताए । उनले भने, ‘कम्बोडियामा ३२ हजार करोड (२१ हजार करोड डलर), स्वीस बैंकमा यति हजार तपाईंहरु त हेर्न जान सक्नुहुन्न । भन्दिए भो, त्योमात्रै किन भन्ने अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल ।’
यस्ता फाल्तु कुरा गरेर केही फरक नपर्ने भन्दै उनले तर अन्य दलका कतिपय नेताहरु सामान्य अवस्थाबाट एकाएक अरबौंको मालिक भएको भन्दै यसबारे प्रश्न उठाए ।











![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया