ओटीटीमा हिट: १० दिनमै ‘बेहुली फ्रम मेघौली’ले कमायो ७६ लाख

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २१ गते
ओटीटीमा हिट: १० दिनमै ‘बेहुली फ्रम मेघौली’ले कमायो ७६ लाख
AdvertisementAds

ओटीटीमा रिलिज भएको १० दिनमा निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत फिल्म ‘बेहुली फ्रम मेघौली’ १९ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन्। यस भ्यूजको आधारमा फिल्मले ७६ लाख रुपैयाँभन्दा धेरैको कमाइ गरेको छ। निर्माता तथा अभिनेता निश्चल बस्नेतले मंगलबार बेलुका ओटीटी भ्यूजको तथ्यांक सार्वजनिक गरेका हुन्।

साजन काफ्ले र आकाश बरालले निर्देशित यो फिल्म एमएसएम भिडियो नामक ओटीटी प्लाटफर्ममा रिलिज भएको हो। दर्शकले तोकिएको शुल्क तिरेर यस ओटीटीमा फिल्म हेर्न सक्नेछन्। फिल्म हेर्न एक दिनका लागि २९८.२० रुपैयाँ र एक साताका लागि ४२० रुपैयाँ शुल्क तोकिएको छ।

निर्माता तथा अभिनेता बस्नेतले यसअघि आफ्नो फिल्मलाई उचित शो नदिएको भन्दै हलको विकल्प खोज्ने बताएका थिए। केही दिनपछि फिल्मलाई ओटीटी प्लाटफर्ममा रिलिज गरिएको हो।

 

 

AdvertisementAds

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स