ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिएका छन् ।
केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री खड्काको अध्यक्षतामा आज सिंहदरबारमा बसेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको बोर्ड बैठकमा उनले मुलुकमा नवीकरणीय ऊर्जाको विकासका लागि आवश्यकपर्ने नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिएका हुन् ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ हाल सङ्घीय संसद्मा प्रस्तुत भइसकेको छ । मन्त्री खड्काले नवीकरणीय उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र लाग्नुपर्ने बताए।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बैठकमा केन्द्रमार्फत आव २०८०/८१ सञ्चालित कार्यक्रम र आयोजनाको प्रगतिको समीक्षा, आव २०८१/ ८२ को वार्षिक कार्यक्रम तथा बजेट विस्तृतीकरण, केन्द्रलाई आवश्यकपर्ने जनशक्ति व्यवस्थापनलगायतमा छलफल भएको जानकारी दिए ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया