स्थानीय तह उपनिर्वाचन: कीर्तिपुरका स्वतन्त्र उमेदवारहरुको चुनाव चिह्न कैँची देखि ब्याटमिन्टन कर्कसम्म

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ६ गते
स्थानीय तह उपनिर्वाचन: कीर्तिपुरका स्वतन्त्र उमेदवारहरुको चुनाव चिह्न कैँची देखि ब्याटमिन्टन कर्कसम्म

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुरमा मेयर पदका उम्मेदवारहरूले आफ्नो चुनाव चिह्न प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारहरूलाई चिह्न प्रदान गरेको हो।

कीर्तिपुरमा मेयर पदका लागि कुल २० जना उम्मेदवार छन्, जसमध्ये ९ जना विभिन्न राजनीतिक दलका प्रतिनिधि हुन्। यी उम्मेदवारहरूले सम्बन्धित दलका आधिकारिक चिह्न प्राप्त गरेका छन् भने बाँकी ११ जना स्वतन्त्र उम्मेदवारले फरक-फरक चिह्न पाएका छन्।

स्वतन्त्र उम्मेदवारहरूले पाएका चिह्नमध्ये दिनेशकुमार अधिकारीलाई कैंची, धर्मरत्न मानन्धरलाई क्याल्कुलेटर, नरेशराज पाण्डेलाई आँप, नरेश श्रेष्ठलाई पानीको बोतल चिह्न प्रदान गरिएको छ। यस्तै, नवरथ बानियाँले इस्टकोट, प्रेमबहादुर महर्जनले ब्याटमिन्टन कर्क, मिम महर्जनले क्यामेरा चिह्न प्राप्त गरेका छन्। यसैगरी, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले केटा र केटी, रामकृष्ण महर्जनले जेब्रा चिह्न पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स